५ माघ, २०७७ १६:५६ मा प्रकाशित
399 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३ जनासहित देशभर थप ३२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप ३७४ जना कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ६१ हजार ८१८ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको छ।