मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

अफगानिस्तानमा सुरक्षाकर्मी र तालिबानबीचको भीडन्तमा २४ जना भन्दा धेरै मारिए

५ श्रावण, २०७७ १६:३४ मा प्रकाशित

321 पटक पढिएको

afganistan soldiers

काबुल – अफगानिस्तानको कुन्दुज प्रान्तमा सुरक्षाकर्मी र तालिबानबीच भएको भीडन्तमा २४ जना भन्दा धेरै मारिएका छन् ।

प्रहरीले तालिबानी आक्रमणको प्रतिकार स्वरुप गरेको कारवाहीको क्रममा एक दर्जन बढी तालिबानी मारिएको जानकारी दिएको छ । साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको जनाइएको छ ।
सरकारी अधिकारीहरुका अनुसार सोमबार बिहान उत्तर कुन्दुजस्थित प्रहरी चौकीमा तालिबानी समूहले हमला गरेको थियो ।

उक्त आक्रमणपछि सुरक्षाकर्मी र तालिबानीबीच दोहोरो गोली हानाहान भएको थियो । जहाँ १० जना घाइते समेत भएका छन् । सुरक्षाकर्मी र लडाकुतर्फ कतिको क्षति भयो भन्ने यकिन विवरण भने आइसकेको छैन । यद्यपि प्रहरीले १२ जना सुरक्षाकर्मीको ज्यान गएको जनाएको छ ।

यसवाहेक १२ भन्दा बढी लडाकुको ज्यान गएको स्थानीय मिडियाले जनाएका छन् । सोही क्षेत्रमा अफगान सेनाको कारवाहीको क्रममा २५ भन्दा धेरैको मृत्यु भएको थियो । अफगानिस्तानमा तालिबानीसँगको वार्ता विफल भएपछि तालिबानी समूह पछिल्लो समय आक्रामक बन्दैआएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome