शुक्रबार, २१ फाल्गुन २०७७
शुक्रबार, २१ फाल्गुन २०७७

IT Training Nepal

पार्टीको नाम र चुनाव चिह्नमा आँखा नलगाउन ओलीलाई नेपालको चेतावनी

५ माघ, २०७७ १७:०६ मा प्रकाशित

229 पटक पढिएको

madhav kumar nepal

काठमाडौं – विभाजित नेकपामा पार्टीको आधिकारिकता तथा चुनाव चिह्नबारे विवाद भइरहँदा माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई नेकपा र चुनाव चिह्नमा आँखा नलगाउन चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीले संसद विघटन गरेको कदमलाई सबै पार्टीले विरोध गरिरहेका बेला एकातिर सिंगो देश र अर्को तिर केपी ओली एक्लो टुहुरो बनेको पनि नेता नेपालले टिप्पणी गरे ।

‘ओलीको कदम विरुद्ध कांग्रेस, राप्रपा, जसपा लगायत सिंगो देशले असंवैधानिक भनिरहेको छ । सिंगो देश एकापट्टि र केपी ओली एक्लो टुहुरो भएका छन् । यस्तो अवस्थामा ओलीले करी मुख कसरी देखाउँछन्?’ एक समूहका अध्यक्ष समेत रहेका नेता नेपालले भने ।

यस्तै ओली कामचलाउ प्रधानमन्त्री बनिसकेको पनि उनको दावी छ । र उनी नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने नेपालको भनाइ छ । यसबीचमा ओलीले पद बचाउन अझै अरु असंवैधानिक कदम चाल्नसक्ने र संकटकाल समेत लगाउनसक्नेमा चिन्ता व्यक्त गरे ।

आफूहरुसँग स्पष्ट वहुमत भएको र सूर्य चिह्न आफूहरुकै भएको उनको दावी थियो । नेपालले भने, ‘हामीसँग स्पष्ट बहुमत छ। नेकपा र सूर्य चिह्न हाम्रो हुन्छ। ओलीको हुने भनेको अब नेकपा एमाले र अस्ताउँदो चिह्न मात्रै हो।’

प्रचण्ड–नेपाल समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको सोमबारको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले यस्तो बताएका हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome