मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

बेलायतका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव रेग्मी नियुक्त

६ माघ, २०७७ ०९:३७ मा प्रकाशित

625 पटक पढिएको

lok darshan regmi

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिए।

मुख्यसचिव हुँदा रेग्मीले कार्यकालको समयावधिभन्दा २२ दिनअघि राजीनामा दिएका थिए। राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको बैठकले असोजमा रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome