शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

थप १८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७,८४४ पुग्यो

५ श्रावण, २०७७ १६:४९ मा प्रकाशित

935 पटक पढिएको

corona positive

काठमाडौं : सोमबार थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७३ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या ११हजार ८ सय ६८ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर नमुना परीक्षण भएका छन्।

क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ९सय ३६ जनाको उपचार भइराखेको छ ।सोमबारसम्म ५ हजार ९ सय ३६ जना कोरोनाका सक्रिय बिरामी रहेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome