सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा २१८ सहित देशभर थप ३४८ जनामा कोरोना पुष्टि, ४४१ डिस्चार्ज

६ माघ, २०७७ १६:५० मा प्रकाशित

748 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २१८ जना सहित देशभर थप ३४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४४१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा २ लाख ६२ हजार २५९ जनाले कोरोना जितेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ छ । १९० जना क्वारेन्टाईनमा छन् भने ३ हजार ७६४ जना आइसोलेसनमा छन्। यस्तै १६१ जनाको आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा थप ४ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ६९ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome