मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

फरार प्रतिवादी १५ वर्ष पछी पक्राउ

७ माघ, २०७७ ०९:२३ मा प्रकाशित

573 पटक पढिएको

arrested illustration

काठमाडौं – महानगरिय अपराध महाशाखाको टोलिले बिगत १५ बर्ष देखि फरार रहेका एक जनलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला दोलखा साविक भिमेश्वर नगरपालिका वडा नंम्बर ८ परिवर्तित वडा नं. ५ घर भई काठमाडौं ६ बौद्ध बस्ने बर्ष ४१ का दिपक श्रेष्ठ रहेका छन् ।

नवराज न्यौपाने सहित १० जनाको फरक-फरक जाहेरीमा १० वटा चोरी मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०६३/०९/२३ गतेको फैसलाले जम्मा ५८ वर्ष कैद सजायको फैसला भएको थियो । फैसला पछि अभियुक्त श्रेष्ठ झण्डै १५ बर्ष देखि फरार रहेका थिए ।

प्रतिवादी श्रेष्ठको खोजतलास गर्नको लागि महाशाखाबाट खटिएको विशेष टोलीले निजलाई काठमाडौंको वडा नं. ६ बौद्धबाट पक्राउ गरी फैसला कार्यन्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिनुभयो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome