आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

नेपालसहित छिमेकी देशलाई खोप उपलब्ध गराउने भारतको घोषणा

७ माघ, २०७७ ०९:२५ मा प्रकाशित

642 पटक पढिएको

corona vaccine russia

काठमाडौं – भारत सरकारले नेपाललाई यही आज बाट कोभिड विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपाल सहित भुटान, बंगलादेश, माल्दिभ्स, सेसल्स र म्यानमारलाई खोप उपलब्ध गराउने भारतीय विदेश मन्त्रालयले जनाएको हो ।

कति मात्रामा खोप उपलब्ध गराउने बारे जानकारी भने आएको छैन । भारतीय मिडियाका अनुसार भारतका अन्य केही छिमेकी देशहरुलाई पनि सम्बन्धित देशले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने बताइएको छ ।

भारतले अनुदानको रुपमा उक्त खोप उपलब्ध गराउन लागेको हो । भारतले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिसकेको छ । अग्रमोर्चामा खटिने कामदार सहित जोखिममा रहेका नागरिकहरुलाई यही सातादेखि खोप लगाउन सुरु गरेको हो ।

नेपालले भने यसअघि नै ६० लाख मानिसका लागि कोभिशिल्ड खोप भारतबाट खरिद गर्ने इच्छा देखाएको थियो । भारतमा खोप लगाउन सुरु भए पनि दोस्रो स्वरुपको कोरोनाको संक्रमण सुरु भएसँगै थप चुनौती पनि थपिएको बताइन्छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome