बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

चक्रपथ विस्तारमा अनुचित माग स्वीकार्य हुन्न : उपप्रधानमन्त्री पोखरेल

७ माघ, २०७७ ०९:२७ मा प्रकाशित

582 पटक पढिएको

ringroad expansion committee

काठमाडौं – काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहबीचको समन्वयात्मक बैठक मंगलबार सम्पन्न भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको आयोजना सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा चक्रपथ सुधार आयोजनाको प्रगति र विस्तारकाक्रममा आइपरेका चुनौतीका विषयमा छलफल भएको हो ।

कलंकीदेखि धोबीखोला सम्मको कुल ११.६ किलोमिटर सडकको निर्माणका क्रममा महाराजगन्ज र स्वयम्भू क्षेत्रमा समस्या देखापरेपछि उपप्रधानमन्त्री पोखरेलले भौतिक मन्त्रालय, भूमिसुधार मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं महानगर, सड्क क्षेत्रमा पर्ने स्थानीय तहका जननिर्वाचित अधिकारीलगायतका पदाधिकारीसँग छलफल गरेका हुन् ।

सबैपक्षको कुरा सुनेपछि उपप्रधानमन्त्री पोखरेलले सड्क विस्तारका क्रममा अनुचित माग र अर्घेल्याई स्वीकार्य नहुने बताए ।

अनुचित कुराको पछि नलाग्न निर्देशन दिदैं उपप्रधानमन्त्री पोखरेलले राज्यले लिएको नीति र योजनामा सबै निकायबीच समन्वय गरेर अघि बढ्न निर्देशन दिए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले चक्रपथ विस्तार निर्माणका क्रममा देखापरेका समस्या सुल्झाउदैं लैजानुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome