सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

संखुवासभाका कृषक ठगी गर्ने मुख्य योजनाकार पक्राउ

७ माघ, २०७७ १६:५१ मा प्रकाशित

742 पटक पढिएको

conman in custody

संखुवासभा – उन्नत जातको गाई पालन तथा चिस्यान केन्द्र स्थापना गर्ने भन्दै कृषकबाट रकम असुली गर्ने मुख्य योजनाकार पक्राउ परेका छन् । कृषक ठगीमा संलग्न योजनाकार धनकुटा छथर गाउँपालिका–६ का ३३ वर्षीय रमेश भन्ने नरेन्द्र थापालाई नेपालगंजबाट पक्राउ गरी संखुवासभा ल्याइएको प्रहरीले जनाएको छ।

नक्कली कम्पनी स्थापना गरी थापाले कृषकबाट २० लाख भन्दा बढी रकम असुलेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । फरार रहेका मुख्य योजनाकार थापालाई चैनपुर प्रहरीले वडा प्रहरी कार्यालय नेपालगंज बांकेको सहयोगमा नेपालगंजबाट पक्राउ गरेको हो ।

जिल्लाको चैनपुर गरपालिका–३ र ४ का विभिन्न कृषकसँग गाईपालन, दूध चिस्यान केन्द्र स्थापना र कम्पनी शेयर सदस्यताबाट थापासहितको समूहले कृषकबाट रकम असुली गरी गरेका थिए । २०७४ चैत्र देखि विभन्न समयमा उनिहरुले कृषकमार्फत रकम उठाउँदै आएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । नाफामुखि भन्दै नक्कली कम्पनी पोखरी ग्रुप अफ कम्पनी प्रालिको नामबाट थापाको समूहले कृषकबाट रकम असुली गरेको थियो ।

उनीहरुले उन्नत जातको गाई पालन कृषकबाट अग्रिम पेस्कीबापत १० प्रतिशतका दरले ४ लाख १० हजार रुपैयाँ, दुग्ध चिस्यान तथा डेरी सञ्चालन गर्न भनि १४ लाख ४५ हजार रुपयाँ उठाएको चैनपुरका प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । त्यसैगरी कम्पनीको शेयर सदस्यता भन्दै विभन्न कृषकबाट १ लाख ५५ हजार रुपौयाँ लिएको खुलेको छ ।

ठगीमा संलग्न रहेका चैनपुर–३ का ५६ वर्षीय चन्द्रबहादुर आलेमगर, चैनपुर–४का ३६ वर्षीय मिलन भनिने सुरेन्द्र राईलाई प्रहरी माघ २ मा पक्राउ गरी सकेको छ । घटनामा संलग्नलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । खतिवडाले भने, ‘निजहरुबाट अन्य व्यक्तिहरु पनि ठगीएको हुनसक्ने अनुमान गरिएको छ ।’

उनीहरुबाट ठगिएको भन्दै आउने क्रम जारी गरेको बताए । ठगीमा संलग्नहरुले पोखरी ग्रुप अफ कम्पनी प्राली नामको नक्कली कम्पनी स्थापना गरी तीनैजना सञ्चालक भइ राष्ट्रिय बाणिज्य बैँक चैनपुरमा संयुक्त खाता समेत सञ्चालन गरेका थिए । कम्पनीमा कर्मचारी समेत नियुक्त गरी कृषकका घरघरमा गएर कृषक बाट विभन्न शिर्षकमा उनीहरुले रकम उठाएको प्रहरीले जनाएको छ ।

साउदी अरेबियाको अलडाना भिजन कम्पनीको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लागानिमा भारतको पञ्जाबमा उन्नतजातको गाई ल्याउने भन्दै कृषक बाट उनीहरुले रकम उठाएका थिए ।

गाई ल्याएपछि दुग्ध चिस्यान केन्द्र स्थापनाका लागि समेत उनीहरुले कृषकबाट रकम असुली गरका थिए । त्यसैगरी चैनपुरको पोखरी बजार नजीकै मिनिरल वाटरको फ्याक्ट्री खोल्न सेयर सदस्यसँग उनीहरुले रकम असुली गरेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome