आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

केयुको उपकुलपतिमा प्रा. डा. थापा नियुक्त

७ माघ, २०७७ १६:५४ मा प्रकाशित

661 पटक पढिएको

KU vice-chancellor

काठमाडौं – काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उहाँलाई उपकुलपति नियुक्त गरेका हुन्।

शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय सर्च कमिटीले गरेको सिफारिसको आधारमा उनलाई उपकुलपति नियुक्त गरेको हो।
उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्रा. डा. भोला थापा र प्रा. डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो।

सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहेका छन्। काठमाडौं विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्रध्यापन पेशा गर्दै आएका प्राडा थापाले सो विश्वविद्यालयमा २७ वर्ष काम गरेका हुन्। नवनियुक्त थापा ९ वर्ष डीन र ५ वर्ष रजिष्ट्रार भएका थिए।

पेशामा मेकानिकल इन्जिनियर उपकुलपति प्राडा थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधी गरेका छन्। उपकुलपति नियुक्ति भएपछि थापा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई भेट गर्न मन्त्रालयले पुगेका थिए।

सो क्रममा उनले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफू लागि पर्ने बताए। उनले हाल देखिएका समस्या समाधान गर्न आफू हर सम्भव लागि पर्ने बताउँदै आफू पूर्व उपकुलपति, प्राध्यापक संघ लगायतसँग सहकार्य गरी अघि बढ्ने उल्लेख गरे।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome