बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

काठमाडौंमा बाढीको वितण्डा : स्थानीय त्रसित

५ श्रावण, २०७७ २०:४७ मा प्रकाशित

703 पटक पढिएको

flood in kathmandu

काठमाडौँ – निरन्तर वर्षाका कारण बाढी–पहिरोबाट देशभर ठूलो जनधनको क्षति भएको छ ।

राजधानी काठमाडौंमै पनि बाढीको असर देखिन थालेको छ । सोमबार काठमाडौं उपत्यकाको चोभार नजिकै जलविनायकमा आएको बाढीको वितण्डा देखेर स्थानीयहरु त्रसित बनेका छन् ।

सोमबार दिउँसो निरन्तर वर्षासँगै यहाँ आएको बाढीले असर पुर्याउनसक्ने भन्दै स्थानीयहरु त्यहीँ पुगेका थिए । धेरै वर्षपछि मात्रै यत्तिको तेजिलो र ठूलो बाढी आफूहरुले देखेको स्थानीयहरुको प्रतिक्रिया छ ।

यस वर्षको वर्षा सुरु भएदेखि नै काठमाडौँका विभिन्न स्थानमा बाढीको जोखिम बढेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बाढीको असर देखिन थालेको छ । मौसम विज्ञहरुका अनुसार यस्तै वर्षा थप केही दिनसम्म निरन्तर भएमा राजधानी पनि बाढीको चपेटामा पर्नेछ । पछिल्ला वर्षमा बाढीले गर्दा काठमाडौँ लगायत विकसित सहरमा पनि जनजीवन प्रभावित पार्ने गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome