सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

उपत्यकामा १४५ सहित देशभर थप ३१८ जनामा कोरोना पुष्टि, ३८३ डिस्चार्ज

७ माघ, २०७७ १७:११ मा प्रकाशित

288 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४५ जनासहित देशभर थप ३१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३८३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ छ । १७२ जना क्वारेन्टाईनमा छन् भने ३ हजार ६९३ जना आइसोलेसनमा छन्। यस्तै १६५ जनाको आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ७५ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome