सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

आधा किलो ब्राउन सुगरसहित ९ जना पक्राउ

८ माघ, २०७७ ०९:२४ मा प्रकाशित

467 पटक पढिएको

narcotics seized

काठमाडौं – आधा किलो ब्राउन सुगर सहित प्रहरीले काठमाडौंबाट ९ जनालाई पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्युरोले राजधानीको बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा इलाम घर भई तार्केश्वर १० मनमैजु बस्ने सन्दिप राई, दीपक राई, इलाम २ मालापथ बस्ने केसाङ्ग योल्म्हु, स्वयम्भुको टासी सन्डुप गुरुङ्ग, पपाँचथर फालेलुङ्गका भिम प्रसाद लोवा, झापा बुद्धशान्तिका सन्तोष सापकोटा, झापा भद्रपुर १० घर भई काठमाडौं कुमारिस्थान बस्ने राजेश श्रेष्ठ, काठमाडौं गोकर्णेश्वर ६ नारायणटारका सोनाम कागते रहेका छन् ।

लागू औषध नियन्त्रण ब्युरो टोलिले उनीहरुको साथबाट ५ सय २१ दशमलब ५ ग्राम लागुऔषध सेतो तथा खैरो हेरोइन, ६ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ, १ सय दरको अमेरिकी डलर ६१ थान र लागुऔषध जोख्न प्रयोग गर्ने डिजिटल तराजु २ थान बरामद गरेको छ ।

गत पुस २७ गते तार्केश्वरबाट सन्दिप राइलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा कारोबारी गिरोहबाट अहिले सम्मकै ठूलो परिमाणको लागू औषध बरामद गर्न सफल भएको लागू औष्ध नियन्त्रण ब्युरोका प्रमुख दिलीप चौधरीले बताउनुभयो ।

पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको ब्युरोले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome