आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १९८ सहित देशभर थप ३३६ जनामा कोरोना पुष्टि, २२६ डिस्चार्ज

८ माघ, २०७७ १७:२० मा प्रकाशित

723 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९८ जनासहित देशभर थप ३३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २२६ जना कोरोना जितेर डिस्चार्ज भएसँगै नेपालमा अहिलेसम्म २ लाख ६२ हजार ८६८ जनाले कोरोना जितेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ छ । १७२ जना क्वारेन्टाईनमा छन् भने ३ हजार ७९९ जना आइसोलेसनमा छन्। १५० जनाको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ७९ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome