सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

ठगी मुद्दामा ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालक पक्राउ

१० माघ, २०७७ १७:०० मा प्रकाशित

260 पटक पढिएको

arrested illustration

काठमाडौं – पौने ३ करोड ठगीको मुद्दामा ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकद्वय पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले स्कुलका सञ्चालकद्धय शिरिष खड्का र सुरेन्द्र महर्जनलाई शनिबार पक्राउ गरेको हो ।

ठगी मुद्दामा अदालतबाट जारी भएको बारेन्टका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रमुख अशोक सिंहले जानकारी दिए । चार सञ्चालक फरार छन् ।

उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको २ रोपनी १४ आना २ पैसा जग्गा विक्री गर्न कृष्णप्रसाद देवकोटासँग वैशाख २०७६ मा २ करोड ७५ लाख बैना लिएका थिए । तर जग्गा अर्कैलाई बेचेका उनीहरुले बैना रकम समेत फिर्ता नगरेको देवकोटाको उजुरी छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome