शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

थप २३२ जनामा कोरोना पुष्टि, ३८६ डिस्चार्ज

१० माघ, २०७७ १७:१० मा प्रकाशित

490 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३८६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ ।

देशभर ३ हजार ४५२ सक्रिय संक्रमित छन् । ३ हजार ४५२ जना क्वारेन्टाईनमा छन् भने ७७८ जना आइसोलेसनमा छन् । १४७ जनाको आईसीयूमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसहित नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome