सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

देशको अहितमा काम गर्ने तत्वहरुलाई निर्वाचनबाट ठेगाना लगाउने ओलीको चेतावनी

११ माघ, २०७७ १७:१८ मा प्रकाशित

255 पटक पढिएको

prime minister of nepal kp oli

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले देशको अहितमा निरन्तर काम गर्ने तत्वहरुलाई आगामी मध्यवर्ती निर्वाचनबाट ठेगाना लगाइ छोड्ने चेतावनी दिएका छन्। आइतबार राजधानीमा आयोजित अपाङ्गता भएका व्यक्तिसँग अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘देश अगाडि बढ्छ। अगाडि बढाउनुपर्छ। आगामी वैशाखमा हुने निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वलाई ठेगाना लगाउने यो अवसरलाई लिएका छौं,’उनले भने।

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरताबाट जोगाउन ताजा जनादेशमा जाँदा उल्टै आफूलाई तानाशाही भएको आरोप लगाएको बताए । ‘ संसद विघटन भएको असंवैधानिक भयो अलोकतान्त्रिक भयो भनेर कराउँदैछन्। ती कराउने मानिसहरु संविधान विरोधी, ती लोकतन्त्र विरोधी, देशविरोधी र जनविरोधी मान्छे हुन्। जो कराइरहेका छन्,’ उनले भने,’ देशमा अस्तव्यस्ता खडा गर्ने। बहुमतको सरकार तोडेर अनि जोरजाम सरकार बनाएर स्थितरताको नाटक गर्ने।’

ताजा जनादेशका लागि जनतामा जाऔं भन्दा आफू तानाशाही नभएको तर्क गर्दै प्रधानमन्त्री ओलीले आफ्नो र अरुको काम के भयो भनेर जनताले फैसला गर्नुपर्ने बताए।

‘उनले भने,’ मैले शासन आफ्नो हातमा लिएको छैन । मैले आफ्नो हातमा लिएको भए म तानाशाही हुन्थे। जनताका बीचमा जनताको फैसला, तपाईहरुको बीचमा तपाईको फैसला गर्नुहोस् भनेपछि म तानाशाही भएँ। मैले फैसला गरेको छैन। मै शासन गर्छु भनेको छैन। मैले त जनतामा जाउ भनेको हुँ। मेरो काम के भयो जनताले मूल्यांकन गर्नुपर्छ र अन्य सांसदहरुले के गरे त्यो पनि जनताले फैसला गर्नुपर्छ।’

उनले संसद‍् जागिर खाने थलो नभएको तर्क गरे। ‘ संसदमा ५ वर्ष जागिर खान पाउनुपर्छ, चुनिएर आएपछि। संसद भनेको जागिर हो। उनीहरुको तर्क पाँचै वर्ष जागिर खान पाउनुपर्छ। यो स्थायी जागिर हो ?,’ उनले भने।’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कुनै पनि नेपाली बालबालिकाको सुनिश्चित भविष्यको जिम्मा सरकारले लिने प्रवद्धता जनाए। उनले सबैलाई सम्मानित ढंगले बाँच्न पाउने अधिकार भएको बताए।

‘हिजो सडकभरी बालबालिका हुन्थे । जसलाई ‘खाते’ भन्ने गरिन्थ्यो । आज त्यो अवस्था छैन, उनले भने, ‘अब कुनै पनि नेपालीका छोराछोरीले खाते सुन्नु र व्यहोर्नु पर्दैन। हामी नेपालीका छोराछोरी खाते हुन दिँदैनौँ । किन भने सरकारले अभिभावकको भूमिका खेल्छ।’

९ वटा विभिन्न संघले पठाएको ज्ञापनपत्र पाएको बताउँदै उनले छिट्टै आवश्यक निर्णय गरेर जानकारी दिने प्रतिवद्धता जाहेर गरे। ‘यो धर्ती हामी सबैको हो। देश हामी सबैको हो। यस देशमा हामी सबैले सुरक्षित र सम्मानित ढंगले बाच्न पाउनुपर्छ। यो हाम्रो नैसर्गिक र मौलिक हक हो। यो अधिकार उपभोग गर्न नसकेकाको साथमा सरकार छ,’ उनले भने।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome