बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

गोरखाकी फुञ्जोले सबैभन्दा छिटो सगरमाथा चढेर लेखाइन् गिनिज बुकमा नाम

५ श्रावण, २०७७ २०:५७ मा प्रकाशित

297 पटक पढिएको

funjo jhangmu lama sets world record as she climbs everest in 39 hours and 6 minutes

गोरखा – सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रुपमा गोरखाकी फुञ्जो झाङ्मु लामाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी छन्। उनले ८,८४८ मिटर अग्लो हिमाल ३९ घण्टा छ मिनेटमा आरोहण गरेर गिनिजबुकमा नाम लेखाएकी हुन्।

उनले १५ मे २०१८ को दिउसो ३:२० मा बेसक्याम्पबाट आरोहण सुरु गरी १७ मे २०१८ को बिहान ६:२६ मा शिखर चुमेकी थिइन्। गिनिजबुक अफ वर्ल्ड रेकर्डको प्रतिनिधिले यसबारे आज(सोमबार) आफूलाई खबर गरेको फुञ्जोले जानकारी दिइन्। ‘गिनिज बुकले आज मलाई खबर गरेको हो’, उनले भनिन्, ‘कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण प्रमाणपत्र दिने काम पछि गर्ने भनेको छ।’

उनी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ७ छेकम्पारकी हुन्। उनले यसअघि ८,२०१ मिटर अग्लो चोयु हिमाल ८,१६३ मिटर अग्लो मनास्लु हिमाल, ६,८१२ मिटर अग्लो आमादव्लम, ६,१९० मिटर अग्लो अमेरिकाको डेनली, ६,०९१ मिटर अग्लो मनाङको पिसाङलगायत हिमाल आरोहण गरेकी छिन्।
सगरमाथा आरोही फुञ्जो नेपालकै पहिलो महिला स्की च्याम्पिएन तथा पहिलो महिला लङलाइन रेस्कूअर हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome