मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

सामुहिक बलात्कारको आरोपमा एक प्रहरीसहित दुईजना पक्राउ

११ माघ, २०७७ १७:२५ मा प्रकाशित

603 पटक पढिएको

rape graphic

बुटवल – रुपन्देहीको कञ्चन गाउँपालिकामा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा एकजना प्रहरी जवानसमेत रहेका छन्। गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो।

अर्को एक जनाको नग्न फोटो खिचेका थिए। उक्त घट्नामा चारजना विरुद्ध जाहेरी परेको र त्यस मध्ये दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले।

‘कार्तिक २३ गते बेलुका साढे ८ बजे घटना भएको भन्ने छ। ट्राफिक प्रहरीका जवान पनि संलग्न छन्’, उनले भने ।

पक्राउ परेका कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरीमाथि अनुसन्धान थालिएको एसपी पोखरेलले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome