शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

मुख्यमन्त्री राईले गरे विवाह

११ माघ, २०७७ १७:२७ मा प्रकाशित

789 पटक पढिएको

sherdhan rai marriage

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन् । ४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग आइतबार विवाह गरेका हुन् ।

काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री राई बेहुली लिन पुगेका हुन् । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको समय भएको भन्दै मुख्यमन्त्री राईले सानो संख्यामा जन्ती लगेर विवाह गरेका हुन् ।

बेहुला बनेका मुख्यमन्त्री राई र बेहुली बनेकी शेर्पा परम्परागत पोशाकमा सजिएका छन् । विवाह समारोहमा पर्यटनमन्त्री भानुभक्त ढकाललगायत केही नेता पुगे पनि अन्य धेरै नेतालाई भने साँझ आयोजना गरिएको रिसेप्सनमा बोलाइएको छ ।

मुख्यमन्त्री राईको विवाहको रिसेप्सनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च अधिकारीलाई निम्ता दिइएको उनको निजी सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome