शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु देखिँदै

११ माघ, २०७७ १७:२८ मा प्रकाशित

336 पटक पढिएको

corona virus

काठमाडौं – चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको चीनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । चीनभित्रै पनि संक्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ संक्रमित देखिएका हुन् ।

तीमध्ये थप ६५ जना स्वदेशमा नै पाइएको छ । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएको हो । चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ संक्रमित भेटिएका र तीमध्ये ६५ जना चीन भित्रैका नागरिकमा पाइएको हो।

चीनका स्थानीय नागरिकहरुबाटै ती जना व्यक्ति संक्रमित भएका पाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

शनिबार भेटिएका स्वदेशी संक्रमितहरुमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक रहेका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ ।

चीनका हेलिङजाङ, हेइबेइलगायतका स्थानमा पनि नयाँ संक्रमित भेटिन थालेका बताइएको छ । चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि केही हप्तायता धेरै जनाको ज्यान जान थालेको बताएका छन् । उनीहरुले त्यहाँ नयाँ प्रजातिका सङ्क्रमितहरु पनि झन् बढ्न थालेको र यसबाट यहाँका धेरै नागरिकको ज्यान जाने गरेको बताउने गरेका छन् । बेलायतबाटै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत विश्वका धेरै देशमा पुगेको र पहिलेको भन्दा बढी घातक रहेको बताएको छ । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome