सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

थप २७० जनामा कोरोना पुष्टि, ४०३ डिस्चार्ज

११ माघ, २०७७ १७:४४ मा प्रकाशित

471 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ ।

देशभर ३ हजार ३१२ कोरोनाका सक्रिय संक्रमित छन् । ३ हजार ३१२ जना आइसोलेसनमा छन् भने १४५ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसहित नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome