१२ माघ, २०७७ १६:३६ मा प्रकाशित
384 पटक पढिएको
काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) संक्रमण बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत कृष्णगोपाल श्रेष्ठको मृत्यु भएको छ।
चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारका क्रममा उनको सोमबार निधन भएको मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए।
ललितपुरस्थित गोदावरी निवासी ५१ वर्षीय श्रेष्ठ मन्त्रालयमा लामो समयदेखि कम्प्युटर अधिकृत तहमा कार्यरत थिए।
कोरोना भाइरस संक्रमण देखिएपछि श्रेष्ठलाई वीर अस्पताल भर्ना गरिएको थियो।