बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

अदालतले ढिलो फैसला गरे निर्वाचन सर्न सक्छ : गृहमन्त्री

१२ माघ, २०७७ १६:४१ मा प्रकाशित

526 पटक पढिएको

ram bahadur thapa badal

कालिकोट – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सरकारद्वारा प्रतिवन्धित विप्लव समूह पनि राजनीतिक मुलप्रवाहमा आउने बताएका छन् । प्रधानमन्त्री केपी ओली नेतृत्वमा रहेको नेकपा कालिकोटले आयोजना गरेको आमसभामा सहभागी हुन कालिकोट आएका गृहमन्त्री बादलले प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले विप्लव समूहलाई राजनीतिक तथा प्रशासनिक रुपमा नियन्त्रण गर्न सरकारको नीति यथावथ नै रहेको बताउँदै छिट्टै विप्लव समूह पनि राजनीतिक मुल प्रवाहमा ल्याउने प्रयास भइरहेको बताए ।

जसका लागि सरकारले ठोस कदम चालिसकेको उनले बताए । उनले भने, ‘विगत जनयुद्धमा घाइते भएका, घरबास गुमाएका तथा पूर्व लडाकुलाई विभिन्न तवरले राहत प्याकेज ल्याउन सरकारले पहल थालेको बताउँदै उनीहरुको जीविकोपार्जनमा पनि सरकारले सहयोग गर्छ। ‘

वैशाखमा निर्वाचन हुन्छ

गृहमन्त्री थापाले सरकारले वैशाखमै चुनाव गर्ने गरी व्यापक तयारी थालेको बताए । उनले निर्वाचनका लागि अदालतले छिटो फैसला गरे सरकार, निर्वाचन आयोग र सुरक्षानिकाय तयारीमा जुट्ने बताए ।

गृहमन्त्रीबादलले भने,’ निर्वाचन वैशाखमा हुने नहुने विषयमा अदालतको फैसलाले निर्धारण गर्छ । अदालतले छिटो फैसला गरे वैशाखमा ढिलो फैसला गरे केही मिति पर सर्ने सम्भावना पनि रहेको बताए । उनले अदालतमा अहिले भइरहेको बहसले फैसला ढिलो हुने सम्भावना पनि रहेको बताउँदै निर्वाचनको दिशामा मुलुक होमिसकेको बताए ।

कालिकोटमा आयोजितपत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाबादल । तस्बिर : बिस्नप्रसाद न्यौपाने

फुटको पक्षमा लागिएन

गृहमन्त्री थापाले प्रचण्ड-नेपाल समूह पार्टी फुटाउने खेलमा लागेकाले उनीहरुको साथमा नलागेको बताए । पत्रकारको जिज्ञासाको जबाफ दिँदै उनले भने, ‘आफू पार्टी फुटाउनेहरुका विपक्षमा र एकताको पक्षमा उभिएको हुँ। ‘

‘नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ट नेता माधव नेपाल समूहले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीविरुद्धमा गुट निर्माण गरी फुटतिर जानुभयो । म त्यो गुटबादी पक्षमा उभिन सकिन । त्यसैले प्रचण्डको साथ छोडेको हो,’उनले भने,’ आफू अहिले पनि पार्टी एकताको पक्षमा उभिएको छु।’

उनले आफू संस्थापन पार्टीमै लागेको बताए । फरक प्रशंगमा गृहमन्त्री थापाले निर्मलाको बलात्कार पछि हत्या गर्ने अपराधी ढिलोचाँडो कानुनी दायरामा आउने बताए । उनले भने, ‘नेपाल प्रहरी झण्डै ९५ प्रतिशत अपराध अनुसन्धानमा सफल भएको छ । कतिपय घटनाहरु अनुसन्धानमा समय लाग्छ । निर्मलाको हत्यारा खोजी गर्न समय लागेको हो ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome