शुक्रबार, २१ फाल्गुन २०७७
शुक्रबार, २१ फाल्गुन २०७७

IT Training Nepal

चर्चित लोकगीतका संकलक धनबहादुर गायकको निधन

१२ माघ, २०७७ १६:४६ मा प्रकाशित

414 पटक पढिएको

late dhan bahadur gayak

पोखरा – ‘यो दाजुको मिर्मिरे आँखा’, बेली र चमेलीलगायत चर्चित लोकगीतका संकलक धनबहादुर गायकको निधन भएको छ । २०२१ साल वैशाख ६ गते पोखराको बाटुलेचौरमा जन्मिएका गायकको सोमबार मणिपाल अस्पतालमा निधन भएको हो ।

उच्च रक्तचापका बिरामी उनलाई ३ दिनअघि अस्पताल भर्ना गरिएको थियो । राष्ट्रिय लोकबाजार सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष समेत रहेका उनी पोखरा महानगरपालिकाले गठन गर्न लागेको प्रज्ञा प्रतिष्ठानमा उनलाई गन्धर्व सिफारिस भएका भएका थिए ।

तर प्रतिष्ठानमा नियुक्ति हुनुअघि नै उनको निधन भएको छ । पछिल्लो समय धनबहादुर नयाँ पुस्तालाई सारंगी सिकाउन व्यस्त थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome