मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

ताइवानको आकाशमा चीनका १२ युद्धविमान

१२ माघ, २०७७ १६:५१ मा प्रकाशित

470 पटक पढिएको

chinese warplane

बेइजिङ – चीनले ताइवानको हवाइ रक्षा पहिचान क्षेत्रमा आफ्ना युद्धविमानहरु पठाएको छ । आइतबार आफ्ना १२ वटा युद्ध विमान त्यसतर्फ पठाएको हो ।

ताइवानी टापुलाई लिएर अमेरिकासँग तनाब बढिरहँदा चीनले यस्तो गतिविधि बढाएको हो । साथै अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकाल सम्हाल्ना साथ ताइवानबारे चीनले विमान पठाउँदा चासोका साथ हेरिएको छ ।
ताइवानलाई चीनले आफ्नो क्षेत्रको रुपमा शासन गर्दैआएको छ । साथै पछिल्लो समय उसले टापु नजिकै सैन्य गतिविधि बढाउँदै गरेको छ । तर यस विषयलाई लिएर अमेरिकासँग पनि तनाब बढ्ने गरेको छ ।

ताइवानका अनुसार चीनले आठ वटा बम वर्षक विमान र लडाकु विमानहरु शनिबार रक्षा क्षेत्रमा पठाएपछि फेरि युद्धविमान पठाएको हो ।

ताइवानका रक्षामन्त्रालयले बताए हनुसार चीनले ६ वटा जे १० फाइटर प्लेन, ४ वटा जे १६, २ वटा एसयू ३०, एउटा वाई ८ र २ वटा वाई ८ पनडुब्बी पठाएको थियो ।

यससँगै चीनको यस्तो गतिविधिले अमेरिकाको ध्यान तान्ने विश्लेषण अन्तर्राष्ट्रिय मिडियाले गरेका छन् । अमेरिकाको भने अन्य धेरै देशसँग जस्तै ताइवानसँग औपचारिक कुटनीतिक सम्बन्ध छैन ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome