सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

भारत र चीनको विवादित सीमाक्षेत्रमा सेनाहरुबीच फेरी भीडन्त

१२ माघ, २०७७ १६:५३ मा प्रकाशित

468 पटक पढिएको

ladakh border

काठमाडौं – सिक्कीमको उत्तरी भेगस्थित भारत र चीनको विवादित सीमाक्षेत्रमा दुई देशका सेनाहरुबीच भीडन्त भएको बताइएको छ।

दुबै तर्फका केही सैनिक घाइते भएको पनि बुझिएको छ । भारतीय मिडियाले जनाए अनुसार उक्त तनाब तीन दिनअघि भएको थियो । तर चिनियाँ सेनाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । भारतीय सेनाले भने चिनियाँ सैनिक पछाडि हटेको र स्थानीय सैन्य कमाण्डरहरुले विवाद सुल्झाएको बताएको छ ।

गत वर्ष जुनमा पनि लद्दाख क्षेत्रमा भएको भीडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले भने आफ्नोतर्फ कुनै क्षति भएको विवरण सार्वजनिक गरेन ।

‘लाइन अफ एक्चुअल कन्ट्रोल’ क्षेत्रमा यी देशका सैनिकहरु धक्कामुक्की र शारीरिक भीडन्त गरे पनि गोली, बम, बारुद लगायत विस्फोटक पदार्थको प्रयोग गर्न नपाउने सम्झौता छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome