१२ माघ, २०७७ १६:५७ मा प्रकाशित
439 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५४ जनासहित देशभर थप ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा देशभर थप ४०१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा २ लाख ६४ हजार ५३८ जनाले कोरोना जितेका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २४० छ । १३२ जना क्वारेन्टाईनमा छन् भने ३ हजार २४० जना आइसोलेसनमा छन्।
पछिल्लो २४ घन्टामा थप १० जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।