सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

नागरिक आन्दोलनमाथि सरकार निर्लज्ज रुपमा प्रस्तुत भयो : पौडेल

१३ माघ, २०७७ १७:२० मा प्रकाशित

354 पटक पढिएको

politician ram chandra paudel nepali congress

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र नागरिक आन्दोलनमाथि बालुवाटारमा भएको प्रहरी दमनलाई सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको आरोप लगाएका छन्।

नेता पौडेलले प्रधानमन्त्री ओलीलाई इंगित गर्दै प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समय आएपछि बरबराउने गरेको टिप्पणी समेत गरेका छन्। नेता पौडेलले मंगलबार ट्वीटमा लेखेका छन्,’ प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ । हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ ।’

सोमबार संसद विघटनविरुद्ध बालुवाटार नजिकै बृहत नागरिक आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दै धरपकड गरेको थियो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक विवादलाई देखाएर पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । कांग्रेसले प्रधानमन्त्रीको कदमको विरोध गर्दै सडक आन्दोलन गर्दै आएको छ । साथै अन्य राजनीतिक दल र नागरिक समाज पनि निरन्तर आन्दोलित छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome