१३ माघ, २०७७ १७:४८ मा प्रकाशित
434 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ जनासहित देशभर थप ३०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर थप २८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा २ लाख ६४ हजार ८२३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २५२ छ । १२२ जना क्वारेन्टाईनमा छन् भने ३ हजार २५२ जना आइसोलेसनमा छन्। यस्तै ७४९ जनाको आइसीयूमा र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा देशभर थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।