आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

१३ माघ, २०७७ १७:४९ मा प्रकाशित

875 पटक पढिएको

supreme court of nepal

काठमाडौं – सर्वोच्च अदालतमा चारजना पूर्व प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञप्ति सार्वजनिक गर्ने चार पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरद्ध अधिवक्ता राजाराम घिमिरेले अवहेलना सम्बन्धी रिट दायर गरेका हुन् ।

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर अदालतको अवहेलना गरेको दाबी निवेदनमा गरिएको छ । अधिवक्ता घिमिरेले दायर गरेको रिटमा पूर्वसभामुख दमनाथ ढुंगानालाईसमेत विपक्षी बनाइएको छ ।

निवेदनमा पूर्वप्रधानन्याायाधीशलाई आफै उपस्थित भएर जवाफ दिनसमेत भनिएको छ ।

पुस २४ गते सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै विज्ञप्ति सार्वजनिक गरेका थिए । संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा ७६ प्रतिनिधिसभा विघटनमा आकर्षित नहुने दाबी उनीहरुले गरेका थिए ।

‘नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनका लागि बाहेकको कुनै अवस्थामा पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवम् व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको पाइन्छ’, संयुक्त विज्ञप्तिमा भनिएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome