सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

पाप पखाल्न ओली पशुपति पुगेको रावलको आरोप

१४ माघ, २०७७ ०९:४३ मा प्रकाशित

446 पटक पढिएको

bhim rawal

मुगु – प्रचण्ड-माधव समूहका नेता तथा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई ‘अपराधको पाप पखाल्न’ पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् ।

मुगुको गमगढीस्थित संसद विघटनविरुद्धको आन्दोलमा सम्बोधन गर्ने क्रममा नेता रावलले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेको सन्दर्भमाथि कटाक्ष गर्दै नेता रावलले यस्तै बताएका थिए ।

तर उनले पशुपतिमा गएर बत्ती बाल्दैमा पाप नपखालिने जिकिर समेत गरे । उनले भने, ‘नागरिक समाज, कानुन व्यवसायीदेखि चौतर्फी बिरोध हुनथालेपछि आफुले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराधको बत्ती बालेर अपराध पखालिँदैन ।’

पूर्वमन्त्री समेत रहेका रावलले केपी ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीहरुसँग झुक्न थालेको पनि आरोप लगाए । यस्तै देश र जनताविरोधी काम गर्न थालेपछि पार्टीले ओलीलाई रोक्न खोजेको उनले स्मरण गरे ।

‘कोरोनाभाइरस नियन्त्रणमा कुनै चासो देखाएनन् । अहिले जनतालाई कोरना बिरुद्ध खोप चाहिएको छ । त्यसका लागि ५० अर्ब रकम आवश्यक छ । त्यता ध्यान छैन ५०/६० अर्ब खर्च गरेर निर्वाचन गर्न खोज्ने निर्णय गुर्न कति उपयुक्त हो ?’ रावलले सोधेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome