१४ माघ, २०७७ १७:४१ मा प्रकाशित
568 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४५ जनासहित देशभर थप २ सय ८३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २४६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा २ लाख ६५ हजार ६९ जनाले कोरोना जितेका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २८६ छ । १२२ जना क्वारेन्टाईनमा छन् भने ३ हजार २५२ जना आइसोलेसनमा छन्। यस्तै मन्त्रालयका अनुसार १३९ जनाको आइसीयूमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।