शनिबार, १५ फाल्गुन २०७७
शनिबार, १५ फाल्गुन २०७७

IT Training Nepal

यातायात कार्यालय जनकपुरका कर्मचारी र विचौलिया घुससहित पक्राउ

१४ माघ, २०७७ १७:५१ मा प्रकाशित

658 पटक पढिएको

arrested illustration

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसमेत २ जनालाई दुई लाख ७३ हजार ८५० रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

कापरको कोठामा खानतलासी गर्दा २ लाख २३ हजार ८५० र परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको भनिएका जनकपुर उपमहानगरपालिका १० बस्ने बिचौलिया राजकिशोर भगतको साथबाट समेत परीक्षार्थीहरुको नाम र दर्ता नं भएको कागजातसहित ५० हजार रकम बरामत गरेको अख्तियारका सहायक प्रवक्ता वेदपूसाद भण्डारीले जानकारी दिए ।

दुबैलाई उक्त रकमसहित यातायात व्यवस्था कार्यालय जनकपुरधामको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome