शुक्रबार, २१ फाल्गुन २०७७
शुक्रबार, २१ फाल्गुन २०७७

IT Training Nepal

दक्षिणकालीमा मिनीट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

१५ माघ, २०७७ ०८:४७ मा प्रकाशित

710 पटक पढिएको

accident grahic

काठमाडौं – काठमाडौँको दक्षिणकालीमा मिनीट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका–९ हनुमानेस्थित सडकमा बा ३ ख ६१९९ नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

मिनीट्रक सडकबाट ५० मिटर तल खस्दा ट्रक चालक मकवानपुर थाहा नगरपालिका–४ का ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछामका २८ वर्षीय गोमबहादुर बुढाको मङ्गलबार राति मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनालगत्तै उनीहरुलाई उपचारका लागि मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ लगिएको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome