शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

जनवादी पार्टी तीन सातादेखि अस्पतालमै आमरण अनशनमा

१५ माघ, २०७७ १६:४० मा प्रकाशित

607 पटक पढिएको

janabadi party on hunger strike

काठमाडौं – सामाजिक, आर्थिक, शैक्षिक तथा जन जिविकासंग सम्बन्धित विभिन्न ५२ बुँदे माग राखेर नेपाल जनवादी पार्टीका नेता तथा कार्यकर्ता तीन सातादेखि अस्पतालमै आमरण अनशनमा बसेका छन् ।

शुरुमा आफ्नो मागबारे सरकारलाई पटक-पटक जानकारी गराउँदा पनि सम्बोधनको लागि चासो नदिएपछि उनीहरुले मानव जंजिरसहित माइतीघर मण्डलामा रिेले अनशन बसेका थिए । उक्त अवधिमा पनि सरकारले वार्ताको लागि समेत बेवास्ता गरेपछि पार्टीका महासचिव डीएस महता, भरत धनाडी, ललन सिंह र किशोर सिंह लगायतका व्यक्ति आमरण अनशनमा बसेका थिए ।

अनशनकै क्रममा प्रहरीले पक्राउ गर्ने र छोड्ने गरेपछि उनीहरुलाई उपचारको लागि चावहिलस्थि हेल्पिंग हेन्डस अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालमा समेत उनीहरु तीन सातादेखि आमरण अनशनमा छन । आमरण अनशनकै क्रममा निजहरुको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपनि सरकारले बेवास्ता गरेको पार्टीका प्रवक्ता विज्ञान शर्माले बताए ।

आर्थिक समस्याका कारण उपचार गर्न नसक्ने हरेक नागरिकलाई सरकारले निःशुल्क उपचार गरिदिनुपर्ने, शिक्षा निःशुल्क हुनुपर्ने, सरकारको प्रशासनिक संरचनामा सुसधार गरि सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने लगायतका माग उनीहरुले सरकारसंग राखेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome