शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

अवहेलना मुद्दामा लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्चको आदेश

१५ माघ, २०७७ १७:०५ मा प्रकाशित

312 पटक पढिएको

supreme court of nepal

काठमाडौं – सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा वरिष्ठ अधिवक्तालाई ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ भन्दै अदालतको अवहेलना गरेको भन्दै रिट दायर भएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफ लिएर आफैं उपस्थित हुन भनेको हो । ओलीले वारेस पठाउन पाउने छैनन् ।

चार पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चले माग्यो लिखित जवाफ

सर्वोच्च अदालतले अवहेलनासम्बन्धी अर्को मुद्दामा सर्वोच्च अदालतका चारजना पूर्वप्रधानन्यायाधीशसँग पनि लिखित जवाफ भागेको छ ।

न्यायाधीश मनोजकुमार शर्माकै एकल इजलासले चारजना पूर्वप्रधानन्यायाधीशलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो ।

शर्माको इजलासले पूर्वप्रधानमन्त्री मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई लिखित जवाफसहित उपस्थित हुन् भनेको हो ।

त्यसैगरी पूर्वसभामुख ढुंगानालाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न अदालतले भनेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome