सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

विप्लव नेता बाँस्तोलालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

१६ माघ, २०७७ १२:१३ मा प्रकाशित

600 पटक पढिएको

supreme court of nepal

काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धमेन्द्र बाँस्तोलालाई २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको छ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बिहीबार बन्दी बनाउनाको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।

विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो ।

बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको आरोप लागेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome