बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

अवैध लागूऔषध खैरो हेरोइनसहित एक पक्राउ

१६ माघ, २०७७ १६:३४ मा प्रकाशित

555 पटक पढिएको

arrested illustration

काठमाडौं – लागुऔषध नियन्त्रण ब्युरोको टोलिले अवैध लागूऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका–८ रमण बस्ती बस्ने धादिङका मनिष भनिने ३१ वर्षीय दुर्गा सिंह तामाङलाई मंगलबार दिउँसो प्रहरीले २५.२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र २३ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रमण बस्ती आवास क्षेत्रको गेट अगाडि सडकबाट दुर्गा सिंह तामाङलाई ६ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद १० हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो ।

घटनाको अनुसन्धानको क्रममा उनको डेराबाट थप १९.२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद २३ लाख ४० हजार रुपैयाँ बरामद गरेको गरिएको थियो।

तामाङमाथि लागूऔषध मुद्दामा थप अनुसन्धान भईरहेको ब्यूरोका प्रमुख दीलिप चौधरीले बताउनु भयो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome