शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

२४ घण्टामा थप १५७ जनामा कोरोना पुष्टि, ३३३ डिस्चार्ज

१६ माघ, २०७७ १६:४१ मा प्रकाशित

717 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३३३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा २ लाख ६५ हजार ६९८ जनाले कोरोना जितेका छन् ।

देशभर ३ हजार २२ जना संक्रिय संक्रमित रहेका छन् । १११ जना क्वारेन्टाईनमा छन् भने ३ हजार २२ जना आईसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome