सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

संसद होईन ओली सरकार विघटन भएको हो : प्रचण्ड

१७ माघ, २०७७ १७:१९ मा प्रकाशित

363 पटक पढिएको

pushpa kamal dahal prachanda

धनगढी – नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले संसद विघटन नभएको बरु केपी ओलीको सरकार नै विघटन भएको दावी गरेका छन् ।

शनिबार धनगढीमा आयोजित प्रचण्ड-माधव पक्षको आमसभामा उनले यस्तो दावी गरेका हुन् । अदालतमा मुद्दा नभइदिएको भए आफूहरुले संसख बोलाउने र ओलीलाई कारवाही समेत गर्ने ठोकुवा गरे ।

अरु प्रतिपक्षी दलहरुले समेत केपी ओलीको कदमलाई अलोकतान्त्रिक भनेकाले प्रधानमन्त्रीले राष्ट्रघात गरेको कुरा संसदबाट पुष्टि गर्नसक्ने प्रचण्डले चेतावनी दिए । यस्तै विकल्पको रुपमा सभामुखले बैठक बालाउनसक्ने पनि प्रचण्डको भनाइ थियो ।

यसवाहेक ओली समूहमा लागेका पूर्वमाओवादीका नेताहरुप्रति आक्रोश पोखेका थिए । धनगढीकै नेता समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई लक्षित गर्दै उनले ‘दलालको पनि दलाल’ भएको संज्ञा दिए ।

‘आफैँले हुर्काएको मान्छे छोप्नै नसकिने गरी दलालको पनि दलाल भएर गए,’ प्रचण्डले भट्टलाई लक्षित गर्दै व्यंग्य गरेका थिए । उनले प्रधानमन्त्री ओलीलाई दलाल र भट्टलाई दलालको पनि दलाल भन्दै आक्रोश पोखे । यस्तै धनगढीमा सुदूरपश्चिमका ९५ प्रतिशत नेकपाका नेताहरू आफ्नो पक्षमै अडिग रहेको उनले दावी गरे ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome