बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

धनगढीमा प्रचण्ड-नेपालको शक्ति प्रदर्शन

१७ माघ, २०७७ १७:२० मा प्रकाशित

266 पटक पढिएको

protest in dhangadi

धनगढी – धनगढीमा शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले शक्ति प्रदर्शन गर्न सभा गरेका छन्। सभामा दुवै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी छन्।

दुवै अध्यक्षलाई मुख्मन्त्री त्रिलोचन भट्टले विमानस्थलमा स्वागत गरेका थिए। माधवकुमार नेपाल शुक्रबार बेलुका धनगढी पुगेका थिए। पुष्पकमल दहाल ‘प्रचण्ड’ शनिबार बिहान पुगेका छन्।

सभा दिउँसो १ बजेदेखि धनगढीको खुलामञ्चमा सभा सुरु भएको छ। सभाको लागि धनगढीमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ। सभामा सहभागी हुन गाउँगाउँबाट मानिसहरु आउने क्रम जारी छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome