आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

भारतमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, दर्जन बढी घाइते

१७ माघ, २०७७ १७:३१ मा प्रकाशित

605 पटक पढिएको

10 killed, 25 injured in bus-truck collision on Moradabad-Agra Highway

उत्तर प्रदेश – भारतको उत्तर प्रदेशस्थित मोरादाबाद-आग्रा राजमार्गमा बस र ट्रक ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । दर्जन भन्दा बढी घाइते छन् ।

शनिबार बिहानको उक्त दुर्घटना बाक्लो कुहिरोका कारण भएको हुनसक्ने बताइएको छ । यसअघि पनि भारतका विभिन्न सहरमा जाडो मौसममा बाक्लो कुहिरोले सडक नदेखिनाले ठूला दुर्घटना भएका थिए।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुख व्यक्त गर्दै मृत्यु भएकाको परिवारलाई २ लाख र घाइतेहरुलाई ५० हजारका दरले आर्थिक राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

घटनास्थलमा प्रहरी पुगेर घाइतेहरुको उद्धार गरिसकेको छ । घाइतेहरुको नजिकका अस्पतालमा उपचार भइरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजे मानपुर गाउँ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome