शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

२४ घण्टामा थप १०९ जनामा कोरोना पुष्टि, ३५० डिस्चार्ज

१७ माघ, २०७७ १७:३८ मा प्रकाशित

715 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३५० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा २ लाख ६६ हजार ४८ जनाले कोरोना जितेका छन् ।

देशभर २ हजार ७७९ जना संक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार २७ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome