सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

टिपरको ठक्करबाट युवकको ज्यान गएपछी नुवाकोट र रसुवा तनावग्रस्त

१७ माघ, २०७७ १७:४१ मा प्रकाशित

545 पटक पढिएको

riot in nuwakot

नुवाकोट – टिपरको ठक्करबाट नुवाकोटको केउरेनीमा एक जना युवकको ज्यान गएको छ। युवकको ज्यान गएपछि नुवाकोट र रसुवा तनावग्रस्त भएको छ। दोषीलाई कारवाहीको माग गर्दै मृतकका आफन्तले सडकमार्ग बन्द गर्नुका साथै टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

टिपरको ठक्करबाट मृत्यु भएका रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ बडहरेका १९ वर्षीय युवक प्रज्वल भनिने छवीलाल न्यौपानेका आफन्तले दोषीलाई कारवाही र पीडित पक्षलाई क्षतिपुर्तिको माग गर्दे शनिबार नुवाकोट र रसुवा बन्द गराएका छन्।

न्यौपानेलाई नुवाकोटको देवीघाट हुँदै काठमाडौं जाने क्रममा त्रिशूली–देवीघाट–गल्छी सडकखण्डाको बीचमा रहेको बेलकोटगढी नगरपालिका वडा नं. ५ स्थित केउरनी नजिकै ‘देवीघाट–गल्छी’ सडक खण्डमा बा४ख ६५९४ नं. को आइचर टिपरले ठक्कर दिँदा ज्यान गएको थियो। आक्रोशित मृतकका आफन्त तथा शुभेच्छुकहरुले घटनाका दोषीलाई कारवाही र पीडितपक्षलाई न्यायको माग गर्दै सडक बन्द र टायर बालेर विरोध प्रर्दशन गरेका मृतकका आफन्त रमेश अधिकारीले जानकारी दिए।

मृतक युवकले चलाएको बा७५प ७६११ नं को मोटरसाइकललाई टिपरले ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताए। प्रहरीले सो टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

टिपर चालक नुवाकोटकै किस्पाङ गाउँपालिका ३ का ४० वर्षीय अमृत लामा र टिपर नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक तुलबहादुर काकीले जानकारी दिए। नुवाकोट प्रहरीले घटनाका दोषीलाई कारवाही गरिने जनाएको छ।

छविलाललाई सडकमा लडिरहेको अवस्थामा भेटेर स्थानीयको सहयोगमा उद्धार गरी त्रिशूली अस्पताल लगिएको थियो। त्रिशूली अस्पताल पुर्‍याइने बित्तिकै युवकलाई चिकित्सकले मृत घोषित गरेका थिए।

घटनाका दोषीलाई तत्काल कारवाही गरिनुपर्ने, मृतकका आश्रित परिवारलाई क्षतिपुर्तिसहित जीवन संरक्षण गरिनुपर्नेलगायतका माग राख्दै सडकमार्ग बन्द र सडकमा टायर बालेर विरोध प्रर्दशन गरिएको मृतकका आफन्तले बताएका छन्। टिपरको ठक्करबाट मृत्यु भएको घटनाको तथ्य छानविन गरी दोषीलाई कारबाही गर्न पीडित परिवारले माग गरेका छन् ।

युवकलाई टिपरले ठक्कर दिएको र उपचारको लागि अस्पताल लगेको भनेर प्रहरीले भने पनि घटनाको तथ्य बङ्ग्याउन त्यसो गरेको मृतकका परिवारजनले बताएका छन्। घाइतेलाई उपचारको लागि अस्पतालमा लगेको भए पनि उनले लगाएको हेलमेट टाउकोबाट ननिकालेको, मुखमा लगाएको माक्ससमेत नझिकेको पाइनुले प्रहरीले ठक्कर दिने टिपरलाई बचाउनको लागि त्यसो गरेको उनीहरुको भनाइ छ।

उनलाई ठक्कर दिने टिपरमा रगत समेत लतपतिएको र मोटरसाइकल ठक्कर दिंदा कोरिएको डोब प्रष्ट रुपमा देख्न सकिने भए पनि नुवाकोट प्रहरीले घटनालार्ई तोडमोड गर्न थालेको जनाउँदै पीडित पक्षले विरोध गरेका छन्। साथै दोषीलाई उम्कन नदिन र हदैसम्मको कारबाहीको माग गरेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome