मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

भक्तपुरमा १९ वर्षीयामाथी बलात्कार : फरार युवक दुई दिनपछि पक्राउ

१८ माघ, २०७७ १८:०७ मा प्रकाशित

722 पटक पढिएको

rape graphic

भक्तपुर – भक्तपुर प्रहरीले १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरी फरार एक युवकलाई दुई दिन पछि पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका १० कमलविनायक निवासी वर्ष ३१ को विकास तजलेलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले माघ १४ गते सर्लाही स्थायी घर भइ हाल भक्तपुर नपा १० कमलविनायकमा डेरा कोठा लिइ अध्ययनरत १९ वर्षीया युवतीले आफूमाथि जबरजस्ती करणी गरेको भनी दिएको किटानी जाहेरीको आधारमा तजलेलाई पक्राउ गरिएको बताए।

ती युवतीले सामान्य चिनजान भएका तजलेले आफू डेरा कोठामा एक्लै भएको मौका पारी डरत्रास र धाकधम्की दिइ बोल्न कराउन नदिइ जबरजस्ती करणी गरेको भनी किटानी जाहेरी दिएकी थिइन्।

किटानी जाहेरीमा युवतीले सामान्य चिनजानकै भरमा तजले आफ्नो कोठामा एक्कासी प्रवेश गरी कोठाको चुकुल लगाइ डरत्रास र धाकधम्की देखाएर बोल्न र कराउनसमेत नदिएर जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन्।

उनले महानगरीय प्रहरी वृत्त जगातीमा दिएको किटानी जाहेरी दरखास्तकै आधारमा तजलेलाई माघ १६ गते भक्तपुरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। १६ गते शुक्रबार पक्राउ परेका तजलेलाई आइतबार जिल्ला अदालत भक्तपुरमा पेश गरी अनुसन्धानको लागि म्याद थप गरिएको भक्तपुर प्रहरीले बताएको छ।

प्रहरी नायब उपरीक्षक गिरीले घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome