बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

संसद पुनर्स्थापना नभए सत्याग्रह गर्ने गोविन्द केसीको चेतावनी

२० माघ, २०७७ १६:५१ मा प्रकाशित

377 पटक पढिएको

dr govinda kc

काठमाडौँ – डा. गोविन्द केसीले तीन सातामा आफ्ना माग पूरा नभए फेरि अनशनमा बस्ने चेतावनी दिएका छन् ।

केसीले संसद विघटनविरुद्ध संविधानको रक्षा र संवैधानिक नियुक्ति रद्ध गर्नुपर्ने शर्त अघि सारेका छन् । यी माग पूरा नगरे आगामी फागुन १२ गतेदेखि २१औं अनशनमा बस्ने चेतावनी दिएका हुन् । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै डा. केसीले यस्तो चेतावनी दिएका हुन् ।

‘हामी एक दशकदेखि देशको स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर संघर्षरत छौं । हाम्रा कति मागहरु अहिलेसम्म पूरा भएका छैनन् । र हामीसित भएका धेरै सम्झौता कार्यान्वयनमा गएका छैनन् । चिकित्सा शिक्षा ऐन जारी भएर चिकित्सा शिक्षा आयोग बने पनि ऐनमा सुधार गर्नुपर्ने कुरा धेरै छन् । चिकित्सा शिक्षा नियमावली बनाउँदा विसं. २०८५ देखि मेडिकल शिक्षालाई गैर–नाफामूलक बनाउने भन्ने ऐनका प्रावधानहरु समेटिएका छैनन् । ऐन अनुसार सार्वजनिक संस्थाका रुपमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कुम्स र नेपाली सेनाको मेडिकल कलेजले अझै त्यति छात्रवृत्ति दिएका छैनन् । यी सबै एजेण्डाका लागि हामी निरन्तर लडिरहनेमा कसैले शंका नगरे हुन्छ,’ डा. केसीको विज्ञप्तिमा उल्लेख छ ।

देशमा उत्पन्न संवैधानिक संकटप्रति पनि डा. केसीले चिन्ता व्यक्त गरेका छन् । शान्तिपूर्ण रुपमा हस्तक्षेप गर्ने उपयुक्त समय यही भएको पनि उनको भनाइ थियो । विज्ञप्तिमा भनिएको छ, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह शुरु गर्ने निर्णय गरेका छौं । आगामी तीन सातामा हाम्रा मागहरु पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं ।’

केसीका माग

  • प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरियोस् ।
  • विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome