बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

सुनकोशीमा बस दुर्घटना : १५ जनाभन्दा बढी घाइते, चालक फरार

२० माघ, २०७७ १६:५७ मा प्रकाशित

849 पटक पढिएको

bus accident in sunkoshi

दोलखा – दोलखाको कालिञ्चोक गाउँपालिका – ६ लापिलाङबाट काठमाडौं जाँदै गरेको रोल्वालिङ यातायातको बा३ख २७८९ नम्बरको बस सुनकोशी गाउँपालिका -७, थुम्पाखरमा मंगलबार मध्यान्हमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी १५ जनाभन्दा बढी घाइते भएको सोही बसका यात्रु कुमार बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार तीव्र गतिमा हुँइकिरहेको बस अचानक अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो । चालक फरार रहेको यात्रुहरूले बताएका छन् ।

प्रहरी घटनास्थलमा पुगिसकेको छ। बसमा करिब २७ जना यात्रु रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome