आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

बीपी स्वास्थ्य प्रतिष्ठानमाथि छानबिन हुँदै

२० माघ, २०७७ १७:०० मा प्रकाशित

418 पटक पढिएको

bp memorial institute of health sciences

धरान – स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको आर्थिक अनियमिततालाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताएका छन्।

‘स्वास्थ्य क्षेत्रमा हुने अनियमितता कदापि मान्य हँुदैन। मन्त्री त्रिपाठीले भने, ‘उचित छानबिन हुनेछ।’ आफूले यसअघि सम्हालेका मन्त्रालयमा पनि व्यापक सुधार गरेको स्मरण गर्दै उनले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरी सर्वसाधारणको ज्यान सुरक्षित गर्ने अभियानमा आफू लागिपरेको बताए।

यसैबीच, मन्त्री त्रिपाठीले प्रतिष्ठानमा भएको अनियमितताबारे उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिस्ट्रार मोहनचन्द्र रेग्मीलाई फोन गरी स्पष्टीकरण सोधेका छन्। उनले नियमविपरीत गरेका क्रियाकलाप तत्काल बन्द गर्नसमेत निर्देशन दिएको प्रतिष्ठान स्रोतले बताएको छ। स्रोतका अनुसार मन्त्री त्रिपाठीले गिरी र रेग्मीलाई लिखित जवाफसमेत मागेका छन्।

प्रतिष्ठानका चिकित्सिक, कर्मचारीले पनि अनियमिततामा आँखा चिम्लिन नहुने माग राखेका छन्। कर्मचारी कल्याण समाजका अध्यक्ष उमेश थापाले प्रतिष्ठानमा भएको अनियमितताको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनले अवैध तरिकाले प्रतिष्ठान पदाधिकारीहरूले लिएको सुविधा कटौती गर्न र स्वास्थ्य सेवा सुधार गर्नसमेत माग राखेका छन्।

प्रतिष्ठानको मेडिकल तथा डेन्टल फ्याकल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले प्रतिष्ठानमा सधैँ हुने अनियमितताका घटनाले चिकित्सकको शिर निहुरेको बताए। उनले प्रतिष्ठानलाई धराशयी बनाई अवैध बाटोबाट आर्थिक अनियमितता गर्ने पदाधिकारीलाई बर्खास्त नगरेसम्म प्रतिष्ठानको अवस्था सुधार हुन नसक्ने उल्लेख गरे।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome